समाज


सेनाले बनायो बाटोः नेपालकै भूमिबाट हिँड्न थाले छाङरु-तिंकरबासी

सेनाले बनायो बाटोः नेपालकै भूमिबाट हिँड्न थाले छाङरु-तिंकरबासी

नेपालखबर
असोज १९, २०७७ सोमबार ११:१९,

नेपाली सेनाले छाङरु र तिंकरलाई दार्चुला सदरमुकाम खलंगासँग जोड्ने बाटो निर्माण गरेको छ। चार महिना पहिले थालेको घोडेटो बाटो सम्पन्न भएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।

सेनाका सुदूरपश्चि पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार नै बाटो हस्तान्तरण गरेका छन्।

व्यास गाउँपालिका १ घाँटीबगरस्थित महाकाली नदी किनारबाट सेनाले दुई मिटर चौडाई भएको बाटो निर्माण गरेको हो। यो बाटो बनेसँगै छाङरु र तिंकरबासीले अब भारतको बाटो प्रयोग गर्नु पर्दैन। यसअघि आफ्नै जिल्ला सदरमुकाम आउन पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो।

पहिरो र चटान भएको ५५० मिटर लामो बाटो निर्माण गर्न एक करोड ८ लाख रुपैयाँ खर्च भएको छ। घाँटीबगर क्षेत्र दार्चुला सदरमुकाम खलंगाबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ।

chhangru-road1.jpg

बाटो निर्माणमा नेपाली सेनाका ६५ जना र स्थानीय ४० जनाको जनशक्ति खटिएको थियो। बाटो निर्माणको क्रममा नेपाली सेनाका एक जवानको मृत्यु भएको थियो।

बाटो निर्माणसँगै छाङरुका ९० परिवार तथा तिंकरका ६० परिवारलाई सहज भएको छ। यस्तै पछिल्लो समय शसस्त्र प्रहरीको गुल्म तथा बीओपीहरुसमेत त्यस क्षेत्रमा स्थापना गरिएको छ।

यसअघि भारतले सीमा बन्द गरेका कारण आफ्नै गाउँ फर्किन समेत यस क्षेत्रका बासिन्दाले पाएका थिएनन्।

सेनाले छाङरु र तिंकर जोड्ने महाकाली करिडोरको सडक पनि छिट्टै निर्माण थाल्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad