काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १३ सय ७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया