भक्तपुरमा दुई दिनेदेखि एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। गाडीका चालक र सहचालकले सिन्धुपाल्चोककी एक १७ वर्षीय किशोरीलाई गाडीभित्रै बलात्कार गरेको फेला परेको हो।
बलात्कारमा संलग्न र चालक र सहचाक पक्राउ परेका छन्। उनीहरु पनि सिन्धुपाल्चोकै हुन्।
भक्तपुरका प्रहरी नायव उपरीक्षक केशव थेवेका अनुसार गाडीभित्र सामुहिक बलात्कार भइरहेको सूचनापछि शनिबार राति साढे ९ बजे प्रहरीले किशोरीको उद्धार गर्दै दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गाडी चालक सिन्धुपाल्चोक चौतारासाँगा नगरपालिका१० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका४ का २१ वर्षीय सूर्य श्रेष्ठ रहेका छन्। उनीहरुविरुद्ध ७ दिन म्याद थप गरेर अनुसन्धान सुरु भएको डीएसपी थेवेले बताए।
रत्नपार्कबाट अर्कै युवकले चाँगु नगरपालिका ८ मा लगेर बलात्कार गरेपछि भोलिपल्ट खड्का र श्रेष्ठलाई बुझाएर ती युवक भने फरार भएको पाइएको प्रहरीले जनाएको छ।
शनिबार बिहान १० बजेदेखि राति साढे ९ बजेसम्म ती किशोरीलाई उनीहरुले गाडीभित्रै लठ्याएर राखेका थिए। साँझ पार्किङ गरिराखेको बसमा बलात्कार गरिरहेको सूचना आएपछि जगाती प्रहरी घटनास्थल पुगेको थियो।
थप अनुसन्धान भइरहेको र फरारको खोजि भइरहेको डीएसपी थेवेले बताए।

प्रतिक्रिया