प्रहरीले अप्राकृतिक मैथुनपछि बालकको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका–७, मठिहनका २२ वर्षीय रामबहादुर सदालाई रहेका छन्।
सदाले सालो नाता पर्ने धनुषाधाम नगरपालिका ७, किसानपुरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेशलाई मलद्वारमा करण गरी बेहोस भएपछि कन्दनीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ।
बिहीबार मध्यान्न १२ बजे घरबाट निस्केका रुपेश घर नर्फकेपछि खोजी गर्ने क्रममा शुक्रबार दिउँसो १.३० बजे सोही स्थानमा रहेको कृषि इट्टा उद्योग परिसर भित्र मृत अवस्थामा फेला परेका थिए।
परिसरभित्र पानी जमेको खाल्डोमा पातपतिङ्गारले छोपेको अवस्थामा दिदी नाता पर्ने दुई जनाले ती बालकको शव फेलापारी घर लगेको थिए।
बालक मृत भेटिएको खबरपछि पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाको टोली शव जाँचको प्रारम्भिक मुचुल्का लगायतका अनुसन्धानका कार्य पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो।
प्रहरीले घटनामा संलग्न रहेको आशंकमा रामबहादुरलाई पक्राउ गरी सोधपुछ गर्दा उनले रुपेशलाई चकलेटको लोभ देखाइ आफूँसँगै माछा मार्न लगेको र मलद्वारमा करणी गर्दागर्दै बेहोस भएपछि कन्दानीले घाँटी कसेर हत्या गरेको स्वीकार गरेका हुन्।
प्रहरीले रामबहादुरलाई नियनत्रणमा लिई आवश्यक अनुसनधान गरिरहेको जनाएको छ।

प्रतिक्रिया