समाज


 डा. केसीलाई भेटेर पूर्वराष्ट्रपति यादवले भने : माग जायज छन्, सरकारले सम्बोधन गर्नुपर्छ

 डा. केसीलाई भेटेर पूर्वराष्ट्रपति यादवले भने : माग जायज छन्, सरकारले सम्बोधन गर्नुपर्छ

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ७:५०,

पूर्वराष्ट्रपति डा. रामवरण यादवले त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई भेटगरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति यादव शुक्रबार त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन्। डा. केसीलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारको लागि जायज माग राखी सत्याग्रह गरेका डा. केसीले जनताको माग उठाएकाले वार्तामार्फत समस्या समाधान गर्न सरकारले छिट्टै पहल गर्ने विश्वास व्यक्त गरे।

डा. केसीले राख्दै आएका मागहरु पूरा हुने चरणमा रहेको सरकारले बताइसकेको अवस्थामा तत्काल वार्ताको वातावरण निर्माण गरी समस्या समाधान गर्न उनले आग्रह समेत गरे। आफ्नो ज्यानको प्रवाह नगरी सत्याग्रहमार्फत जनताको मागलाई उठाउँदै आएकाले डा. केसी राष्ट्रको सम्पत्तिको रुपमा रहेको टिप्पणी समेत पूर्वराष्ट्रपति डा. यादवले गरे। ‘राष्ट्रकै अमूल्य सम्पत्तिको रुपमा रहेका डा. केसीको ज्यान बचउन पनि छिटोभन्दा छिटो वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गर्दछु’, उनले भने।

डा. केसीको यो १९ औं सत्याग्रह हो। विभिन्न माग राखि १९ दिनअघिदेखि जुम्लाबाट सत्याग्रह सुरु गरेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा रहेका छन्। चिकित्सा शिक्षा सुधार, कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा विभिन्न माग राखी डा. केसी अनशनमा बसेको हुन्। तर सरकारले १९ दिन बित्दासमेत समस्या समाधानका लागि अहिलेसम्म कुनै पहल गरेको छैन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad