समाज


धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा

धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ७:३१,

साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले चाडपर्वलाई लक्षित गरी धनगढीमा बिहीबारबाट मंसिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

उपभोक्तालाई राहत उपलब्ध गराउने उद्देश्यले दशैँ तिहारलगायतका पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिए।

सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजरलगायतका सामग्री बिक्री गरिने नायब महाप्रबन्धक पाण्डेले बताए। ‘पसलमा चिनी प्रतिकिलो रु ७० र नुन प्रतिकिलो रु १८ मूल्य निर्धारण गरेका छौँ’, उनले भने, ‘बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा रु १० र नुन प्रतिकिलोमा रु दुई छुट गरिएको छ।’

त्यसैगरी साबुन एउटाको रु पाँच र स्यानिटाइजरमा रु १० छुट गरिएको बताइएको छ। सुपथ मूल्य पसलबाट उपभोक्ताले प्रतिव्यक्ति चार किलोसम्म खरिद गर्न पाइने व्यवस्था रहेको छ। चामल भने खाद्य संस्थानले राख्ने भनिएको छ। ‘साल्ट टे«डिङको अहिले सबै कारोबार अनलाइन विलिङ सिस्टम छ तर पहाडी क्षेत्रमा उक्त सिस्टम नभएकाले अहिले खोल्न सकिने अवस्था छैन’, नायब महाप्रबन्धक पाण्डेले भने, ‘विगतमा जबसम्म अनलाइन विलिङ सिस्टम थिएन त्यो बेलामा कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र पहाडी जिल्लामा बैतडी, डडेल्धुरा, दीपायललगायतका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको थियो र अहिले अनलाइन बिलिङ भएपछि अन्य स्थानमा रोकिएको छ।’

स्थानीय निकायले साल्ट ट्रेडिङसँग समन्वय गरेर सुपथ मूल्य पसल राख्न चाहेमा कर्पोरेसन सामान उपलब्ध गराउन तयार रहेको पाण्डेको भनाइ थियो। यस पटक सुपथ मुख्य पसलमा कुनै उत्पादनकर्ताले आफ्नो सामान बिक्री गर्न चाहेमा उक्त वस्तु साल्ट ट्रेडिङले खरिद गरेर उपभोक्तालाई बिक्री गर्न सकिने थप व्यवस्था मिलाइएको कर्पोरेसन क्षेत्रीय कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad