समाज


स्याङ्जामा गाई काट्ने तीन जना पक्राउ

स्याङ्जामा गाई काट्ने तीन जना पक्राउ

नेपालखबर
असोज १५, २०७७ बिहिबार १३:१५,

गाई काटेर खाने तीन जनालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ।

स्याङ्जाको गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १० बजे गाई काटेर मासु भाग लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गल्याङ–९ का ३८ वर्षीय नारायण भुसाल, २४ वर्षीय डोलुराम नेपाली र वालिङ–१३ बस्ने ३२ वर्षीय रामबहादुर सार्की पक्राउ परेका हुन्।

उनीहरुले मासु खानका लागि जिउँदो गाई काटेर मासु भाग लगाएको र टाउको र खुट्टा जौबारीस्थित नारायण भुसालको बाँझो जमिनमा खाडल खनी पुरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बताए।

प्रहरी, पशु सेवा कार्यालय गल्याङका पशु चिकित्सक, प्राविधिकसहितको टोलीले उक्त स्थानमा गई खाडल खोतलेर हेर्दा गाईको टाउको, चार खुट्टा, आन्द्रा र भूँडी कुहेको दुर्गन्धित अवस्थामा फेला परेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .