ad ad

समाज


कोरोना संक्रमणबाट भैरहवा र बाँकेमा तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट भैरहवा र बाँकेमा तीन जनाको मृत्यु

प्रकाश न्यौपाने
असोज १५, २०७७ बिहिबार १०:३९,

रुपन्देही र बाँकेमा गरेर तीन जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियाका ६५ वर्षीय पुरुषको बिहीबार भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

१२ असोजमा अस्पताल भर्ना भएका ती पुरुषमा पीसीआर जाँच गर्दा १३ कोरोना पुष्टि भएको थियो। उनको श्वासप्रश्वासमा जटिल समस्या आएपछि बुधबारदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उपचारकै क्रममा बिहीबार ११ः१० बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत शुशील गुरुङले जानकारी दिए। उनमा निमोनियाको समेत समस्या थियो।

यस्तै, नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचाररत दुई जना संक्रमितको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ५२ वर्षीय पुरुष छन्। उनमा निमोनियाको समस्या देखिएको थियो।

अर्को मृतक सुर्खेत घर भएकी ७५ वर्षीया महिला छन्। उनी पित्त थैली सम्बन्धि रोगकी विरामी थिइन्। नेपालगञ्जका पुरुषको बिहीबार बिहान ५ः२० बजे र सुर्खेतकी महिलाको गएराति १ बजे मृत्यु बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

मृतक पुरुषमा गत असोज १० गते कोरोना पुष्टि भएका थिए भने उनी १२ गते मात्रै अस्पताल भर्ना भएका हुन्। महिलामा भने असोज ६ गते कोरोना पुष्टि भएको थियो। उनलाई असोज ८ गते अस्पताल भर्ना गरिएको श्रेष्ठले बताए। दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .