ad ad

समाज


नेपालमा एकैदिन १९ सय ११ कोरोना संक्रमित थपिए, ९६१ निको भए

नेपालमा एकैदिन १९ सय ११ कोरोना संक्रमित थपिए, ९६१ निको भए

नेपालखबर
असोज १५, २०७७ बिहिबार १०:३६,

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमित थपिएका छन्।

 बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९११ जना कोरोना संक्रमित थपिएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ।

त्यसै पछिल्लो २४ घण्टामा थप १२ हजार ४४४ पीसीआर परीक्षण भएसँगै हालसम्म पीसीआर विधिबाट १० लाख ३३ हजार ९४७ परीक्षण भउको प्रवक्ता गौतमले जानकारी दिए।

 प्रवक्ता गौतमका अनुसार आज थप ९६१ जना संक्रमित निको भएका छन्।

योसँगै निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .