समाज


चिनियाँ खतराको सामना गर्नभन्दै भारतले सार्वजनिक गर्‍यो क्षेप्यास्त्र, हिजो ट्यांक देखाएको थियो

चिनियाँ खतराको सामना गर्नभन्दै भारतले सार्वजनिक गर्‍यो क्षेप्यास्त्र, हिजो ट्यांक देखाएको थियो

नेपालखबर
असोज १२, २०७७ सोमबार ११:५०,

भारतले ब्राह्मोस, आकाश र निर्भय नामको क्षेप्यास्त्र सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

ब्राह्मोस क्रुज क्षेप्यास्त्रले ५ सय किलोमिटर परसम्म गएर मार हान्नसक्छ। यस्तै आकाश र निर्भयले ८ सय किलोमिटर टाढासम्म गएर मार हान्नसक्छ।

हिन्दुस्तान टाइम्सका अनुसार यी सुपरसोनिक क्षेप्यास्त्रहरु जटिल अवस्था निम्तिएको खण्डमा प्रयोगमा आउनेछन्।

Akash (missile) - Wikipedia

भारतले आइतबार मात्र चीनसँगको सीमा नजिक लद्दाखमा माइनस ४० डिग्री सेल्सिएसको चिसोमा पनि प्रयोग गर्न सकिने ट्यांकहरु तैनाथ गरेको थियो।

जाडो याममा उक्त क्षेत्रमा विवाद नहुने अनुमानका बीच भारतले एकपछि अर्को आफ्नो सेनाको तयारीको बारेमा जानकारी दिइरहेको छ।

चिनियाँ सेनापनि जाडोमा उत्पन्न हुने खतराका लागि सिमामा तयार भएको बताइएको छ।

Nirbhay | Defence Research and Development Organisation - DRDO|GoI

चिनियाँ सेनासँग गत जुन महिनामा भारतीय सेनाको झडप हुनासाथ भारतले हालैमात्र फ्रान्सबाट राफेल युद्धक विमान पनि खरिद गरेको थियो।

यी विमानलाई पनि सीमा नजिक खटाइने बताइएको छ।

यो पनिः अक्सिजन अभाव हुने क्षेत्रमा तैनाथ चीन र भारतका सेना जाडोमा उत्पन्न हुने खतराको तयारी गर्दै

माइनस ४० डिग्री सेल्सियसमा सन्चालन गर्न सकिने ट्यांकहरु भारतद्वारा लद्दाखमा तैनाथ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad