ad ad

राजनीति


अक्सिजन अभाव हुने क्षेत्रमा तैनाथ चीन र भारतका सेना जाडोमा उत्पन्न हुने खतराको तयारी गर्दै

अक्सिजन अभाव हुने क्षेत्रमा तैनाथ चीन र भारतका सेना जाडोमा उत्पन्न हुने खतराको तयारी गर्दै

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १०:४०,

यी दुई देशका सेना यसवर्ष महिनौंयता आमने–सामने भएर सीमामा बसेका छन्। धक्कामुक्कीका साथै दुई देशका सेनाबीच झडप नै भएको छ।

लद्दाख नजिकैको सिमानामा विवाद जारी रहँदा दुईतर्फ नै हजारौं सेना तैनाथ छन्। हालै मात्र भारतले चिनियाँ सेनाले भारतीय भूमिमा प्रवेश गर्न खोजे गोली चलाउनसक्ने चेतावनी दिएको छ।

दुवै देशले शक्तिशाली हतियारहरु सीमा नजिकै तैनाथ गरेको पनि बताइन्छ। गत जुन १५ मा विवादित क्षेत्र गलवान उपत्यकामा दुई देशका सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।

चिनियाँ पक्षले भने आफ्ना सेनाको हताहतीबारे कुनै जानकारी दिएन। यद्यपी भारतले चीनका सेनापनि मारिएको दाबी गरेको छ।

त्यसबेला भारतीय सेना चिनियाँ क्षेत्रमा प्रवेश गरेकाले झडप भएको चीनको प्रतिक्रिया थियो। भारतले पनि चिनियाँ सेना भारतीय भूमिमा प्रवेश गरेकाले झडप भएको बताएको थियो।

(जाडोमा भारतीय सेनाको तयारी)

 अझैपनि सीमाको विषयमा दुई देश आरोप–प्रत्यारोप गरिरहन्छन्। यसैहप्ताको सोमबार मात्र दुई देशका सैन्य कमाण्डरबीच सीमा विवाद साम्य गर्ने सहमति भएको छ।

दुवै देशले विवादित क्षेत्रमा थप सेना तैनाथ नगर्ने सहमति गरेका छन्। यसबीचमा हाल दुवै देशले लद्दाख नजिकका सीमा क्षेत्रमा खटेका हजारौं सेनाका लागि खाद्यान्नसहित आवश्यक सामग्री पठाउन थालेको छ।

जाडो याम अगाडि नै आवश्यक सामग्री पठाइए सीमामा उत्पन्न हुने खतरासँग जुध्न सेनाहरुको आत्मबल थप बढ्ने विश्लेषकहरु बताउँछन्।

४ हजार ५ सय मिटरमाथि जहाँ अक्सिजनको अभाव छ, त्यहाँ हाल विवादका कारण दुवै देशका सेना तैनाथ छन्। हाल सीमा विवाद साम्य गर्ने सहमति भएपनि जाडो समयमा सहमति तोडिनसक्ने दुवै देशलाई चिन्ता छ।

जाडो समयमा त्यहाँको अवस्था ज्यादै खराब हुन्छ। त्यसमाथि सीमाको रक्षा गर्न सेनाहरुलाई ठूलो चुनौती हुनेछ। यसबीचमा जाडोको खतराको तयारी गर्न दुवै देशले आवश्यक सामग्री पठाइरहेका हुन्।

Ladakh: Three soldiers killed face-off with China » Sirf News

अब्जर्भर रिसर्च फाउन्डेसनस्थित न्युक्लिएर एन्ड स्पेस पोलिसी इनिसियटिभका प्रमुख रोजेश्वरी पिलाई राजगोपालनका अनुसार भारतले जाडो समयमा पूर्वी लद्दाख क्षेत्रमा ३० हजार सेना तैनाथ गर्नेछ।

उनीहरुलाई आवश्यक खाद्यान्न, इन्धन र गोलीगठ्ठा पर्याप्त हुनेगरी त्यहाँ पठाइएको उनको भनाइ छ।

यस्तै चीनका सैन्य विज्ञ झाओ चेनमिङका अनुसार पछिल्लो समय बेइजिङले सेनालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

उनका अनुसार सन् २०१७ को दोक्लाम विवादपछि चीनले विवादित क्षेत्रनजिक १३ नयाँ सैन्य स्थिती खडा गरेको छ। यस्तै चीनले सीमा नजिक ३ एयरबेस, पाँच रक्षा क्षेत्र र पाँच हेलिपोर्ट पनि बताएको छ। विभिन्न स्थानमा हेल्थ पोस्ट पनि खडा गरेको बताइन्छ।

सैन्य सहायतामा चीन भारतभन्दा अगाडि रहेको पनि उनको भनाइ छ। यद्यपी उनी भन्छन्,‘जाडोमा यस हिमाली क्षेत्रको तापक्रम माइनस ४० डिग्री सेल्सिएस सम्म पुग्छ। यस क्षेत्रसँग जोडिएका सबै सडक हिउँका कारण बन्द हुन्छन्।’

६ महिनासम्म यस क्षेत्रमा बाँच्न नै मुश्किल हुने भएकाले दुई देशका सेना झडपमा नउत्रिने झाओको भनाइ छ। उनी भन्छन्,‘जाडोमा त्यसबेला आफू बाँच्नु पहिलो प्राथमिकता हुनेछ।’ एससीएमपीको सहयोगमा

China Prepares for War

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .