ad ad

समाज


काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा घाम, वर्षाको सम्भावना छ कि छैन?

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा घाम, वर्षाको सम्भावना छ कि छैन?

नेपालखबर
असोज ११, २०७७ आइतबार १:२,

आज (आइतबार) पनि काठमाडौं उपत्यकामा बिहानैदेखि घाम देखिएको छ। प्रदेश १ र २ बाहेक देशका सबै स्थानमा अहिले घाम देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार प्रदेश १ र २ मा न्यून चापीय क्षेत्रको प्रभाव अझै रहेकाले मौसम बदली भई घाम नदेखिएको हो। त्यता अहिले हल्का पानी पनि परिरहेको हुन सक्ने उनले बताए।

‘यसबाहेक अहिले देशका अन्य स्थानमा भने पूरै खुलेको त होइन, तर थोरैथोरै बादलसहित घाम देखिएको छ,’ आइतबार बिहान नेपालखबरसँग उनले भने, ‘पश्चिमबाट मौसम खुल्दै आएको छ।’

मौसमविद् श्रेष्ठका अनुसार बागमती प्रदेशदेखि पश्चिम मौसम सामान्य बदली छ। यो भनेको थोरै थोरै बादलसहित घाम पनि लाग्ने अवस्था हो।

प्रदेश १ र २ मा पनि न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको उनले बताए। ‘आज एक दिन रहन्छ होला, त्यसलै आज त्यता आज पनि अन्य क्षेत्रको तुलनामा अलि बढी पानी पर्ने सम्भावना छ।’

यस्तो छ आज वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

माैसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा पनि आज अपराह्न वा साँझपख हल्का पानी पर्ने सम्भावना छ। यहाँ अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

प्रदेश नं १ का एक/दुई स्थानमा भने दिउँसाे भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ। 

यस्तै राति पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

मनसुन कहिले बाहिरिएला?
मौसमविद् श्रेष्ठका अनुसार मनसुन अझै एक हप्ता रहने सम्भावना छ। ‘तर पानी पर्ने क्रम घट्दै जान्छ,’ उनले भने।

मनसुन पश्चिमबाट सर्दै पूर्व आएर बाहिरिन्छ। तर मनसुन पश्चिममा अझै हटिसकेको छैन।

‘यस आधारमा मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने देखिन्छ,’ उनले भने।

सामान्यतया नेपालबाट मनसुन बाहिरिने मिति यही सेप्टेम्बर २७ हो। तर अन्तिम समयमा झन् देशभर ठूलो वर्षा भयो। एक/दुई दिनदेखि वर्षा हुने क्रम घटेको हो।

माैसमविद्का अनुसार मनसुन भनेकै दिन बाहिरिँदैन। केही वर्षयता मनसुन अलि लामो समयसम्म रहने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .