ad ad

खेल


हैदरावादमाथि कोलकत्ताको फराकिलो जित

हैदरावादमाथि कोलकत्ताको फराकिलो जित

नेपालखबर
असोज ११, २०७७ आइतबार १:१५,

इन्डियन प्रिमियर लिग(आइपीएल)मा सनराइजर्स हैदरावादमाथि कोलकत्ता नाइट राइडर्सले ७ विकेटको फराकिलो जित हात पारेको छ।

आबुधाबीमा शनिबार राति हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो।

कोलकत्ताका शुभमन गिलले अविजित रहदै ७० रन जोडे। उनले ६२ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाए।

हैदराबादका खलिल अहमेद, राशिद खान र टी नटराजनले १-१ विकेट लिएका थिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले मनिस पाण्डेको अर्धशतकीय मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो।

पाण्डेले ३८ बलमा ३ चौका र २ छक्कासहित ५१ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान डेभिड वार्नरले ३६ र ऋद्धिमान साहले ३० रन जोडे। 

कोलकत्ताका पाट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १-१ विकेट लिए।

दुई खेल खेलेको कोलकत्ताको यो पहिलो जित हो। यसअघि कोलकत्ता मुम्बई इन्डियन्ससँग पराजित भएको थियो।

हैदराबादको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .