समाज


अस्पतालको आइसोलेसनबाट भागेका थुनुवा पक्राउ

अस्पतालको आइसोलेसनबाट भागेका थुनुवा पक्राउ

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १५:२६,

कोरोना संक्रमणका कारण अस्पतालको आइसोलेसनमा राख्दा भागेको थुनुवा पक्राउ परेका छन्।

स्याङजाको कालिका अस्पतालबाट बिहीबार फरार भएका ३० वर्षीय दीपक नेपाली शुक्रबार पक्राउ परेका हुन्।

पशुपन्क्षी सम्बन्धी कसुरमा पुर्पक्षको लागी कारागार कार्यालय स्याङ्जामा रहेका अर्जुनचौपारी गाउँपालिका ४ का दीपकलाई गत भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमणपछि कालिका सामुदायिक अस्पताल हेलु स्याङ्जाको आइसोलेसनमा भर्ना गरिएको थियो। तर बिहीबार बिहान साढे २ बजे बिद्युत नभएको समयमा अस्पतालको झ्याल फोरेर उनी फरार भएका थिए।

उनलाई स्याङ्जाकै पुतलीबजार नगरपालिका १३ लामपाटा सातुपसलमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले फेला पारेको हो। उनलाई कारागार पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad