समाज


घरमै नक्कली नोट छापेर सक्कली सुन किन्दै भाग्दै

घरमै नक्कली नोट छापेर सक्कली सुन किन्दै भाग्दै

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १५:४४,

प्रहरीले घरमै नक्कली नोट छापेर गहना पसलेलाई ठग्ने दुई जनालाई पक्राउ गरेको छ। असोज १ गते ललितपुरको ताल्छिखेलस्थित डम्बरबहादुर रिजालको जयमाँ जेम्स एण्ड ज्वेलरी हाउसबाट सुनको हार किन्दा नक्कली नोट दिएर फरार भएका दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा काठमाडौंको टेकु घर भई भक्तपुरको सल्लाघारी बस्ने २८ वर्षीय ईक्युज तुलाधर, र असनका २७ वर्षीय अजय महर्जन रहेका छन्। उनीहरुले नक्कली नोट आफैँ छाप्ने गरेको पाइएको छ। नक्कली नोट छाप्ने मेसिन पनि प्रहरीले बरामद गरेको छ।

एउटा नोट प्रिन्ट मेशिन, एउटा ल्यापटप र सीपीयू प्रहरीले बरामद गरेको छ। यस्तै एक हजार दरका ४ लाख ६५ थान र सक्कली ३७ थान नोट पनि बरामद भएको छ।

उनीहरुले झुक्याएर लगेको सुनको रानीहारसहित एउटा तिलहरी र एउटा सुनको औँठी पनि उनीहरुको साथमा फेला परेको ललितपुर प्रहरीले जनाएको छ।

उनीहरुले सुन पसलमा सुनको गहना आवश्यक छ भन्दै अडर गरेका थिए। पछि गहना तयार भएपछि सञ्चालकलाई हिसाव किताव गर्न लगाएर ५ लाख २ हजार रुपैयाँ हिसाव निस्किएपछि बिल बनाउन लगाएर पाँच बन्डल पैसा टेबलमा राखेर फोन बोल्दै बाहिर निस्किएको नाटक गरेका उनीहरु गहना लिएर फरार भएका थिए। पछि पसलेले पैसा हेर्दा केही रकम मात्रै सक्कली र बाँकी नक्कली नोट रहेको पत्ता लागेको थियो।

तत्काल प्रहरीलाई खबर गरेपनि सातदोबाटो वृत्तबाट आएको प्रहरी उक्त नोट लिएर गएको थियो। अभियुक्त भने पक्राउ पर्न सकेका थिएनन्।

पक्राउ परेकाविरुद्ध जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad