समाज


अनसनरत् डा. केसीको कोरोना परीक्षणका लागि स्वाब संकलन

अनसनरत् डा. केसीको कोरोना परीक्षणका लागि स्वाब संकलन

नेपालखबर
असोज ८, २०७७ बिहिबार १०:२४,

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दैै अनसनरत् डा. गोविन्द केसीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

जुम्लाबाट १९औं पटकको अनसनमा बसेका डा. केसी राजधानीमै आई अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अनसनलाई जारी राखेका छन्।

उनले जुम्लाबाट सुरु गरेको अनसन बिहीबार ११ दिन भएको छ।

GobindKC swab 2 1

उनको अभियानका सहयोगी अभिशेख राज सिंहका अनुसार डा. केसीको कोरोना परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको हो।

मंगलबार जुम्लाबाट काठमाडांै आउने क्रममा प्रहरीले उनको चाहना विपरित नेसनल ट्रमा सेन्टरमा लगिएपछि प्रहरी र डा. केसीबीच तनाव भएको थियो।

उनी यसअघि कार्यरत् रहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जान चाहेका थिए।

पछि उनी नेसनल ट्रमा सेन्टरबाट स्वेच्छाले डिस्चार्ज भई शिक्षण अस्पताल गएका थिए।

याे पनि: 
डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad