खेल


पारिश्रमिक पाउने भएपछि महिला क्रिकेटर उत्साहित (भिडियो)

पारिश्रमिक पाउने भएपछि महिला क्रिकेटर उत्साहित (भिडियो)

नेपालखबर
असोज ८, २०७७ बिहिबार १०:१४,

गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको छ। तीन श्रेणीमा ग्रेडिङ गर्दा १९ महिला खेलाडी समावेश भए।

पुरुष क्रिकेटरलाई भने यस अघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयबाट महिला क्रिकेटरले सुरुआत राम्रो भएको प्रतिक्रिया दिएका छन्।

भदौ दोस्रो सातालाई तय भएको क्यानको बोर्ड बैठक कोरोनाका कारण स्थगित भएको भन्डै बीस दिनपछि मंगलबार चितवनमा सम्पन्न भयाे। साधारण सभाको मिति तय हुँदा बैठकमा खेलाडीको ग्रेडिङ, राष्ट्रिय प्रतियोगिता आयोजना लगाएतका विभिन्न विषय पारित भए। यो सँगै क्रिकेट चलायमान हुने अपेक्षा गरिएको छ।

महिला क्रिकेटरलाई अगामी दिन अझै व्यवसायिक र महिला क्रिकेटको अभिबृद्धिका लागि महिला खेलाडिलाई तलब सुविधा दिने लगायतका निर्णय भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बताए।

महिला क्रिकेट विकासका लागि चालिएको यो महत्त्वपूर्ण कदमको महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलवासेले स्वागत योग्य भएको बताइन्। महिला क्रिकेटमा लागेको लामो समय पछि महिला क्रिकेटले अगामी दिनमा फड्को मार्ने अपेक्षा व्यक्त गरिन्।

त्यसो त नेपाल महिला क्रिकेट टोली दक्षिण एसियमा बलियो टिमका रुपमा हेरिन्छ। प्रचुर सम्भावना हुँदाहुँदै पनि उपेक्षित रहँदै आएको छ। न्युन अन्तर्राष्ट्रिय सहभागितामा पनि महिला टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ। साँघुरो पूर्वाधारका बावजुत पनि महिला क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा राम्रो छाप छोडिरहेका छन्।

कप्तान रुबिनाले भने जस्तै उप कप्तान सीता राना मगरले पनि ग्रेडिङ गरि महिला खेलाडीलाई पारिश्रमिक प्रदान गर्नु सकारात्मक भएको प्रतिक्रिया दिइन्।

अन्तर्राष्ट्रिय नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसि) को लामो प्रतिबन्ध पछि फुकुवा भएको क्यानले आगामी दिनमा महिला क्रिकेटलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

कप्तान रुबिनाले नेपाली महिला क्रिकेटको स्तर बढवाका लागि आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरका अनुभव र घरेलु प्रतियोगितामा ध्यान दिनुपर्ने बताइन्।

नेपालमा महिला क्रिकेटरको तुलनामा पुरुष क्रिकेटले फड्को मारिसकेको छ। तर महिला टोली पनि कम छैन। मौका र यथेस्ट प्रतियोगिताबाट अनुभव पाए नेपाली महिला क्रिकेटले नेपालको नाम चम्काउनेमा कसैको दुई मत छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad