समाज


थप १३ सय ५६ कोरोना संक्रमित थपिए, ८२३ निको भए

 थप १३ सय ५६ कोरोना संक्रमित थपिए, ८२३ निको भए

नेपालखबर
असोज ६, २०७७ मंगलबार १०:४०,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।

उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ। आज देशभर संस्थागत आइसोलेसनमा ९ हजार १९३ रहेको छ।

पछिल्लो २४ घण्टामा थप ११ हाजर १५४ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ३४ हजार ९७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४८ हजार ६१ रहेको छ

निको हुने प्रतिशत ७२ रहेको प्रवक्ता गौतमले जनाकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad