म्यानुअल र अटोमेटिक हुन्डाई क्रेटाको पहिलो पुस्ताले नेपालमा सफलता पाएसँगै दोस्रो पुस्ता सोमबारबाट बिक्री सुरु भएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २००९ देखि हुन्डाईका गाडी नेपालमा आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ।
हुन्डाईले देशमा मुख्य सहरबाट सबै सेवा सुविधा दिँदै आएको हुन्डाईले नयाँ चाडपर्व लक्षित ‘अल न्यु क्रेटा द अल्टिमेट एसयुभी’ नेपालमा सार्वजनिक गरेको छ।
सेप्टेम्बर २०१५ पछि बिक्री सुरु भएको हुन्डाई क्रेटाले नेपाली बजारको लागि बेन्चमार्क साबित भएको कम्पनीको दाबी छ। ग्राहकहरु नेपालको सडकको अवस्था, भीडभाड सहरमा हुन्डाई क्रेटाले लोकप्रियता पाएको हुन्डाईको विश्वास छ।
क्रेटाले नेपालमा ५ हजारभन्दा बढी गाडी बिक्री गरिसकेको छ। आउट स्ट्यान्डिङ फिचर्स, प्रिमियम ब्राण्ड र उचित मूल्यको कारणले नेपालमा सफल एसयूभी हुनपुगेको हुन्डाईले बताएको छ।

हुन्डाई क्रेटा बोल्ड लुक्स भएको मध्यमखालको एसयूभी गाडी हो। बाटोमा हिँडिरहँदा मानिसले यसको लुक्स देखेर प्रभावित हुने गरेको कम्पनीको दाबी रहेको छ।
हुन्डाई नेपालमा सफल हुनुमा मल्टिपल इन्जिन र भेरियन्टमा उपलब्ध हुँदा ग्राहकले आफूले रोजेको गाडी सक्दा यसले लोकप्रियता कमाएको छ।
पहिलो जेनेरेसनको हुन्डाई क्रेटा १.६ पेट्रोल इन्जिनमा म्यनुअल र अटोमेटिक दुवैमा उपलब्ध रहेको थियो। जुन डिजेल इन्जिनमा १.४ लिटर र १.६ लिटरमा पनि छ। अहिले यो परिवर्तन भई सार्वजनिक भएको छ।
क्रेटाको सेफ्टी फिचर्सका कारण पनि यो गाडीलाई मन पराउने धेरै छन्। हुन्डाई सेवा मुख्य सहरमा पाउने हुँदा पनि नेपालमा यसले सफलता हासिल गर्यो। हुन्डाईका पार्ट्स नेपालमा सहजै उपलब्ध छ। हुन्डाईको रिसेल भ्यालु राम्रो भएको कारण क्रेटाको गाडी रोजाइमा परेको छ।

नयाँ क्रेटा कस्तो छ?
नयाँ क्रेटा सेन्सियस स्पोर्टिज एसयूभी सेगमेन्टका रुपमा आएको हो। आर्किटेक्चर, पोर्पोसन, स्टाइल र प्रविधिको संयोजनले क्रेटा बनेको हुन्डाईले उल्लेख गरेको छ।
नयाँ क्रेटाको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ। गाडीको बुट स्पेस ४३३ लिटर रहेको छ। गाडीको स्टार्ट गर्नको लागि गाडीमा साँचो घुसाउनुपर्दैन। स्मार्ट कीको पुस बटमबाटै स्टार्ट गर्न सकिन्छ।
गाडीमा १०.२५ इन्चको टच स्क्रिन छ। अटोमेटिक टेम्पे्रचर कन्ट्रोलसँगै एयर प्युरिफाई रहेको छ। यसले गाडीभित्र स्वच्छ हावा राख्न मद्दत गर्छ।
नयाँ क्रेटामा ड्राइभ मोड सेलेक्ट गर्ने अप्सन रहेको छ। जसमा स्पोर्टिज, इको र कम्फोर्ट मोड छान्न सकिन्छ। गाडीमा ट्राक्सन कन्ट्रोल मोड छ। जसमा हिलोमैलो, बालुवा र हिउँपात क्षेत्रमा यात्रा गर्दा त्यसको प्रयोग गर्न सकिन्छ।
त्यसैगरी इलेक्ट्रोनिक पार्किङ ब्रेकसँगै अटो होल्स सिस्टम रहेको छ। गाडीको अर्को राम्रो फिचर भनेको रियर भ्यु मनिटर हो। अगाडि दुवै सिटमा एयरब्याग र एबीएस प्रणाली रहेको छ।
गाडीमा भएको भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट कन्ट्रोल प्रणाली छ। यसले एउटा पांग्रा हिलोमा र अर्को नर्मल ठाउँमा भई अप्ठ्यारो अवस्थालाई नर्मल अवस्थामा ल्याउनसक्छ।

पेट्रोल र डिजेल दुवै इन्जिनमा
द अल हुन्डाई क्रेटा बीएस ६ मापदण्डमा उपलब्ध छ। नयाँ क्रेटा पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध रहेको छ।
१.५ पेट्रोल इन्जिन अटोमेटिक र म्यानुअल दुवैमा उपलब्ध छ। यसबाहेक ११५ पीएस अधिकतम पावर रहेको छ भने १४७ टर्क जेनेरट गर्छ। पेट्रोल इन्जिनको के्रटाले १ लिटर पेट्रोलले १६.८ किमिसम्म यात्रा गर्न सक्ने हुन्डाईले उल्लेख गरेको छ ।
त्यसैगरी १.५ लिटर डिजेल इन्जिनले ११५ पावर प्रदान गर्छ भने २५० एनएम टर्क जेनेरेट गर्छ। ६ स्पिड एमटी/एटी रहेको गाडीले १ लिटर डिजेलले २१.४ किमिसम्म माइलेज दिने कम्पनीको दाबी छ।

६ वटा भेरियन्टमा कुनको मूल्य कति ?
क्रेटाले ६ वटा भेरियन्टमा गाडी सार्वजनिक गरेको छ। जसमा पेट्रोल इन्जिनिका ४ भेरियन्ट छन् भने डिजेल भेरियन्टमा २ वटा रहेका छन्।
पेट्रोल भेरियन्टमा सबैभन्दा सस्तो ईएक्सको मूल्य ४८ लाख ९६ हजार रहेको छ भने महंगो एसएक्स सीभीटी ६५ लाख ९६ हजार रहेको छ।
पेट्रोल इन्जिनकै एसको मूल्य ५२ लाख ९६ हजार रहेको छ भने एसएक्स ५९ लाख ९६ हजार रहेको छ। पेट्रोल भेरियन्टका सबै गाडी १४ सय ९७ सीसीका रहेका छन्।
त्यसैगरी डिजेल इन्जिनमा दुई भेरियन्टमध्ये इको मूल्य ४३ लाख ९६ हजार रहेको छ भने एसको मूल्य ५४ लाख ९६ हजार रहेको छ।
Shares

प्रतिक्रिया