नेपाल अटोमोबायल्स एसाेसियसन (नासा)का कार्यकारी सदस्य रमेश सिलवाललाई सरकारले ‘समाज सेवा रत्न’ पदक प्रदान गर्ने भएकाे छ।
सरकारले मन्त्रिपरिषदको सिफारिसमा ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने घोषणा गर्दा युवा समाजसेवी सिलवाललाई समाज सेवा रत्न नामक पदकबाट सम्मानित गर्ने जनाएको हो।
वि. सं. २०६७ मा १७ वर्षको उमेरमै ‘चिल्ड्रेन भिजन नेपाल’ नामक सामाजिक संस्था स्थापना गरी किशोर अवस्थाबाट नै समाजसेवा सुरु गरेका सिलवाल सबैभन्दा कम उमेरमा ‘समाज सेवा रत्न’ पदकबाट सम्मान हुने कीर्तिमान समेत बनाएका छन्।
‘समाज सेवा रत्न’ पदक प्रदान गर्दै गर्ने सरकारको निर्णयले ‘समाजसेवी सिलवाललाई अझै समाजसेवा गर्ने उर्जा प्राप्त हुने नासाको विश्वास छ। नासा नेपालमा पनि उनको योगदान धेरैनै रहेको छ।
नासा नेपालबाट हुने समाजसेवा सम्बन्धी सम्पूर्ण काम सिलवालले नै नेतृत्व गर्छन्। आगामी दिनमा नासा नेपालले समाज सेबा सम्बन्धी धेरै कार्यक्रम तय गरेको हुँदा सिलवालको जिम्मेवारी निकै हुने छ।
नासा नेपालले समाजसेवी सिलवाललाई आगामी दिनका लागि शुभकामना ब्यक्त गरेको छ। सिलवालका अनुसार नेपाल जस्तो गरिब देशमा धेरैनै असहाय र गरिब छन् जसको ब्यबस्थापनका लागि धेरै समाजसेवीको अवश्यकता रहेको छ।
Shares

प्रतिक्रिया