ad ad

समाज


आजबाट व्यापक वर्षा र हावाहुरी सुरु हुने सम्भावना, यस्तो छ तीन दिनको अनुमान

आजबाट व्यापक वर्षा र हावाहुरी सुरु हुने सम्भावना, यस्तो छ तीन दिनको अनुमान

नेपालखबर
असोज ५, २०७७ सोमबार १:२६,

आज (सोमबार) बाट देशमा चार-पाँच दिन ठूलो वर्षाका साथै हावाहुरीको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

खासगरी आज रातिदेखि व्यापक वर्षा सुरु हुने मौसमविद्को अनुमान छ। 

            याे पनि : सोमबार रातिदेखि ५ दिनसम्म धेरै ठूलो वर्षा हुने र हावाहुरीसमेत आउने सम्भावना 

तर हावाहुरी आजै दिउँसो प्रदेश १ र २ मा आउने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

‘अहिले प्रदेश १ र २ मा चट्याङसहित वर्षा गराउने बादल विकास भइरहेको छ,’ सोमबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘दिउँसोलाई भारी वर्षाको सम्भावना भने देखिएको छैन तर हावाहुरीकाे आउने सम्भावना छ।’

मौसमविद् शाक्यका अनुसार रातिदेखि भने ठूलो वर्षाका साथ हावाहुरी चल्ने सम्भावना छ।

हेरौं मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको मौसम अनुमान-

असोज ५ गते सोमबार
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २ का केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।

असोज ६ गते मंगलबार
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीकाे सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र प्रदेश नं १ का १-२ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।

असोज ७ गते बुधबार
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .