ad ad

खेल


सन्दीप आबद्ध दिल्लीद्वारा पन्जाब सुपर ओभरमा पराजित

सन्दीप आबद्ध दिल्लीद्वारा पन्जाब सुपर ओभरमा पराजित

नेपालखबर
असोज ५, २०७७ सोमबार ०:५६,

इन्डियन प्रिमियर लिग (आईपीएलमा) दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा दिल्लीका लागि कागीसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङ गरेका थिए। राहुलले पहिलो बलमा २ रन जोडे पनि दोस्रो बलमा भने क्याचआउट भए। अर्को बलमा नै रबाडाले पुरणलाई बोल्ड गरे।

दिल्लीले ऋषभ पन्त र श्रेयस ऐरलाई ब्याटिङमा पठाएको थियो। मोहमद शामीले पहिलो बल बाउन्सरमा डट राखे पनि दोस्रो बल भने वाइड फ्याँके। पन्तले दोस्रो बलमा २ रन जोडेपछि दिल्लीले विजयी सुरुवात गरेको हो।

पञ्जाबका ओपनर मंयक अग्रवाल ७ चौका र ४ छक्का मद्दतमा ८९ रनमा क्याच आउट भए। दिल्लीका रविचन्द्रन आश्विन कागिसो रवाडाले समान २ विकेट लिए। अक्षर पटेल र मोहित शर्माले एक एक विकेट लिए।

त्यसअघि दुबईमा पञ्जावले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दिल्लीले निधारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रनको योगफल तयार पारेको थियो। मार्कस स्टोइनिसले सर्वाधिक ५३ रनको योगदान दिए। उनले २१ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .