गीत संगीत क्षेत्रमा विभिन्न ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतका ड. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल...’ सार्वजनिक भएको छ। नरहरि प्रेमीको स्वर तथा संगीत र राजु कार्किको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा केशव र चन्दा न्यौपानेलाई फिचर्ड गरिएको छ। उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छ। गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ। गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ।
‘हामी सबैको मिहिनेतले एउटा उत्कृष्ट गीतको भिडियो सार्वजनिक गरेका छौ, आशा त यहाँहरू सबैको माया पाउने छौ’, निर्देशक माइकलले भने।
गायक तथा संगीतकार नरहरि प्रेमीले राम्रो शब्दलाई स्वर तथा संगीत मार्फत उत्कृष्ट सिर्जना स्रोतारदर्शकमाझ पस्किएका छौ भन्दै गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको बताए। उनले आफ्ना अन्य गीत जस्तै यो गीतले पनि सबैको मायाको आफूले अपेक्षा राखेको बताए।
गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा. उपाध्यायले गीत संगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको छ। डा उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन्। उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन्।
उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन्। त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु रहेका छन् उनका। त्यस्तै उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन्।

प्रतिक्रिया