ad ad

समाज


कोरोना अपडेटः कोरोनाबाट विश्वमा ९ लाख २८ हजार भन्दा बढीको मृत्यु

कोरोना अपडेटः कोरोनाबाट विश्वमा ९ लाख २८ हजार भन्दा बढीको मृत्यु

नेपालखबर
भदौ २९, २०७७ सोमबार १२:१०,

सो संगठनका अनुसार विश्वमा दुई करोड ९१ लाख ८९ हजार ६५५ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्। यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १० लाख ३१ हजार ७६८ व्यक्ति कोरोना मुक्त भएका छन्।

हाल विश्वमा ७२ लाख २९ हजार ७४७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ। सङ्क्रमितहरु मध्ये ६० हजार ५११ जनाको अवस्था गम्भीर रहेको जनाएको छ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।

कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन्।

अमेरिकामा ६७ लाख ८ हजार ४५८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यहाँ ३९ लाख ७४ हजार ९४९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९८ हजार ५२० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

भारतमा ४८ लाख ४६ हजार ४२७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३७ लाख ८० हजार १०७ कोरोना भाइरस मुक्त भएका छन् भने ७९ हजार ७५४ जनाको मृत्यु भएको छ।

ब्राजिलमा ४३ लाख ३० हजार ४५५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन्। यहाँ ३५ लाख ७३ हजार ९५८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३१ हजार ६६३ जनाको मृत्यु भएको छ।

रुस १० लाख ६२ हजार ८११ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन। यहाँ ८ लाख ७६ हजार २५५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ५७८ जनाको मृत्यु भएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .