ad ad

राजनीति


जग्गा कित्ताकाट खोल्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

जग्गा कित्ताकाट खोल्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपालखबर
भदौ २९, २०७७ सोमबार १२:१२,

सर्वोच्च अदालतले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खेतियोग्य जग्गा कित्ताकाट गर्न खुला गर्ने भनी हालै गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधिश सुष्मालता माथेमाको एकल इजलासबाट सो विषयमा अन्तरिम आदेश छलफलको लागि असोज ८ गते पेशी तोकी सो अवधिसम्मको लागी मन्त्रालयले भदौ १८ गते गरेको निर्णय कार्यान्वयन नगर्नू नगराउनू भनी अल्पकालीन अन्तरीम आदेश जारी भएको हो।

मन्त्रालयले यसअघि रोक्का गरिएको कृषियोग्य जग्गाको कित्ताकाट खुला गरेको थियो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते एक सूचना जारी गरी कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको जनाएको हो।

‘भूमि उपयोगसम्बन्धी रोक लगाएका यसअघिका परिपत्र खारेज गरी नयाँ व्यवस्था गरेका छौं,’ मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताएका थिए।

याे पनि: 
सरकारले खुलायो कृषियोग्य जग्गाको कित्ताकाट 
माफियाको प्रभावमा भूमि कित्ताकाटको निर्णय गरिएको सत्तारुढ दलकै नेताको आरोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .