समाज


ट्रम्प प्रशासनद्वारा एक हजारभन्दा बढी शंकास्पद चिनियाँ विद्यार्थीको भिसा रद्द

ट्रम्प प्रशासनद्वारा एक हजारभन्दा बढी शंकास्पद चिनियाँ विद्यार्थीको भिसा रद्द

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ७:१८,

ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो।

विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेश बमोजिम सेप्टेम्बर ८, २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिए।

यद्यपी संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका कूल चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो संख्या निकै कम हो।

चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरुको अमेरिका प्रवेशमा कडाई गर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गर्नु गरेका थिए। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad