बुल्गेरियाकी स्वेताना पिरोन्कोभालाई पराजित गर्दै सेरेना विलियम्स युएस ओपन ग्राण्ड स्लाम टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकी छिन्।
छ पटककी च्याम्पियन विलियम्सले अमेरिकाको न्युयोर्कमा जारी प्रतियोगितामा पिरोन्कोभालाई ४–६, ६–३ र ६–२ को सेटमा हराइन्।
तेस्रो वरीयतामा रहेकी विलियम्सले फाइनल प्रवेशका लागि पूर्वविश्व नम्बर १ बेलारुसकी भिक्टोरिया अजारेन्काकोसँग खेल्नेछिन्। विलियम्सले २०१२ र २०१३ को यूएस ओपनको फाइनलमा अजारेन्कालाइ हराइसकेकी छन्।
विलियम्सले पछिल्ल्लोपटक २०१७ अष्ट्रेलियन ओपनमा २३औँ ग्राण्ड स्लाम जितेकी थिइन्। त्यसपछि उनी छोरीलाई जन्मदिने तयारीमा लागेकी थिइन्।
अजारेन्काले क्वार्टरफाइनलमा बेल्जियमकी एलिस मर्टेन्सलाई ६–१ र ६–० को सोझो सेटमा हराउँदै अन्तिम ४ मा स्थान बनाएकी थिइन्।
अर्को सेमिफाइनलमा जापानकी नाओमी ओसाका र अमेरिकाकी जेनिफर ब्राडी भिड्नेछन्।

प्रतिक्रिया