सरकारले उपत्यकाका तीन जिल्लामा आज (बिहीबार) देखि निषेधाज्ञालाई केही सहज बनाएको छ।
बुधबार गृहमन्त्रालयको परामर्शमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले जनजीवन सामान्य बनाउने गरी सबारी साधन र व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेका हुन्।
सवारी साधनलाई जोरबिजोरसहित विभिन्न मापदण्ड तोकेर सञ्चालन गर्न आजबाट खुला गरिएको छ। त्यसै विभिन्न पसलहरुलाई पनि समय र स्वास्थ्य मापदण्ड तय गरेर सञ्चालन गर्न दिइएको छ।
तर, स्थानीय प्रशासनले अझै विभिन्न प्रकारका गतिविधिमा भने रोक लगाएको छ। शैक्षिक संस्था पनि सञ्चालन गरिएको छैन।
यी हुन् निषेध गरिएका गतिविधि
खुला ठाउँमा मानिस भेला हुन, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न, गोष्ठी, सेमिनार गर्न अझै निषेध गरिएको छ।
त्यस्तै सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, ब्युटीपार्लर, स्पा, स्विमिङपुल, जिमखाना, सामूहिक रुपमा खेलिने खेल, प्रदर्शनी, चिडिया खाना सञ्चालन गर्न पनि पाइने छैन।
त्यसैगरी स्वास्थ्य मापदण्डविपरितको भिडभाड हुने उद्योग, कलकारखाना र व्यापार व्यवसाय चलाउन र श्रमिकलाई ओसारपसार गर्न पनि रोक लगाइएको छ।
शैक्षिक संस्था सञ्चालन गर्न पनि पाइने छैन। चाडपर्व, सामाजिक र सांस्कृतिक उत्सवको नाममा हुने जमघटलाई पनि निषेध गरिएको छ।
यस्तो छ स्थानीय प्रशासनको आदेश:




प्रतिक्रिया