समाज


मध्यराति १८ वर्षीया किशोरीलाई साथमा लिएर भारत जाँदै गरेका ६ युवक पक्राउ

मध्यराति १८ वर्षीया किशोरीलाई साथमा लिएर भारत जाँदै गरेका ६ युवक पक्राउ

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ३:४२,

एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लिएर जाँदै गरेका ६ युवकलाई रौतहटको सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका-७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो।

बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेको अवस्थामा पक्राउ परेका हुन्। शंका लागेर जाँच गर्दा उनीहरु लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

सातै जना जिल्ला प्रहरीको नियन्त्रणमा छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad