ad ad

समाज


भदौ २४ पछि काठमाडौं उपत्यकामा निषेधाज्ञा अन्त्य होला? यसो भन्छन् तीन सीडीओ

भदौ २४ पछि काठमाडौं उपत्यकामा निषेधाज्ञा अन्त्य होला? यसो भन्छन् तीन सीडीओ

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ३:५२,

कोरोना संक्रमण नियन्त्रणका लागि भनेर काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञाको अवधि भोलि (भदौ २४ गते) मध्यरातिबाट सकिँदै छ।

एकातिर उपत्यकामा दैनिक कोरोना संक्रमण दर खासै घटेको छैन भने अर्कातिर निरन्तरको निषेधाज्ञाले दैनिक श्रम/व्यवसाय गरेर खानुपर्ने वर्ग भोकभोकै पर्ने स्थिति उत्पन्न भएको छ।

यस्तो अवस्थमा निषेधाज्ञाको अवधि फेरि थपिएला वा भदौ २४ गते मध्यरातिदेखि यो अन्त्य गरिएला? आम चासोको विषय बनेको छ।

यसै सन्दर्भमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (जसले संयुक्त रूपमा निषेधाज्ञा जारी गरिरहेका छन्) सँग नेपालखबरले मंगलबार बिहान जिज्ञासा राखेको छ।

प्रस्तुत छ, उनीहरूका भनाइ जस्ताको तस्तै :

१. जनकराज दाहाल, प्रमुख जिल्ला अधिकारी, काठमाडौं
छलफल भइरहेको छ। हाामी सरोकारवाला, विज्ञ, पालिकाहरूसँग निरन्तर छलफल गरिरहेका छौं। पब्लिक (नागरिक) को माग पनि सुनिरहेका छौं, सोसल मिडियामा आएका कुरा पनि नियालिरहेका छौं। याे सबै विचार गरेर भोलि निर्णय हुन्छ।

सरोकारवाला, विज्ञ, पालिकाबाट कस्ता प्रतिक्रिया आइरहेका छन् त?
मिश्रित आइरहेका छन्। कसैले निषेधाज्ञा थप्नुपर्छ भनेका छन्। कसैले अन्त्य गर्नुपर्छ भनेका छन्। मिक्स टाइपको छ। सबै विचार गरेर के उपयुक्त हुन्छ, हामी त्यही निर्णय गर्छाैं।

२. नारायणप्रसाद भट्ट, प्रमुख जिल्ला अधिकारी, ललितपुर
यसबारे भोलि हामी सबै बसेर समीक्षा गर्छाैं। अहिले केही भन्न सकिन्न। आन्तरिक छलफल जारी छ। अहिलेसम्म कुनै निष्कर्ष आएको छैन। भोलि बैठक बसेर बेलुकासम्म निर्णय हुन्छ।

३. हुमकला पाण्डे, प्रमुख जिल्ला अधिकारी, भक्तपुर
भोलि (बुधबार) निर्णय हुन्छ। भोलि मध्यराति १२ बजेसम्म त निषेधाज्ञाको अवधि बाँकी नै छ नि। कसरी अगाडि बढ्ने, कस्तो मोडालिटी बनाउने भन्ने विषयमा भोलि दिउँसो छलफल गर्नेछौं।

हिजो उपत्यकामा दैनिक संक्रमितको संख्या केही घटेको पाइएको छ। व्यापक रूपमा स्वाब संकलन र कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छ। अब आज र भोलि कति संक्रमित थपिन्छन्, त्यो पनि हेर्छाैं। र, सबै कुरा विचार गरेर उपयुक्त निर्णय गर्छाैं।

पूरै खुला गर्ने सम्भावना त छैन होला?
पूर्ण अन्त्य त नहोला। सर्तसहित केही सहज बनाउनेसम्म हुन सक्छ। काम, व्यवसाय गर्नेलाई सर्तसतिह गर्न दिने, नगर्ने (त्यसै घरबाट निस्किने) लाई कारबाही गर्ने, किसिमको मोडालिटी बनाउने कि भन्नेमा पनि विचार गरिरहेका छौं। यसअघि पनि हामीले जनस्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा निषेधाज्ञा केही सजिलो बनाएकै हौं। अब कस्तो हुन्छ भन्ने विषयमा भोलि औपचारिक निर्णय नहुँदासम्म यसै भन्न सकिन्न।

याे पनि : प्रधानमन्त्रीको संकेतः भदौ २४ पछि निषेधाज्ञा हुँदैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .