परिवर्तित कोरोना भाइरसका असरहरु पनि फरक–फरक हुने वैज्ञानिकहरुको अनुमान छ।
त्यसकारण कुनै एक खोपले हालको कोभिड १९ महामारीविरुद्ध काम गर्छ कि गर्दैन भन्ने आशंका उत्पन्न भएको छ।
यसअघि इटलीमा देखिएका कोरोना भाइरस अन्य देशमा देखिएका भाइरसभन्दा खतरनाक भएको पनि बताइएको थियो।
यसबीचमा चिनियाँ विज्ञहरुले आफूले बनाएको खोपले ‘म्युटेट’ परिवर्तित कोभिड १९ विरुद्ध पनि काम गर्ने दाबी गरेका छन्।
चिनियाँ जनमुक्ति सेनाकी सरुवा रोग विशेषज्ञ चेन वीका अनुसार उनको टोलीले निर्माण गरेको कोरोनाविरुद्धको खोपले परिवर्तित कोरोना भाइरसविरुद्ध पनि काम गर्दछ। ग्लोबल टाइम्स
6
Shares
प्रतिक्रिया