ad ad

समाज


रथ यात्रा झडप : पक्राउ परेकामा कोरोना देखिएपछि ७ जनालाई छाेडियो

रथ यात्रा झडप : पक्राउ परेकामा कोरोना देखिएपछि ७ जनालाई छाेडियो

नेपालखबर
भदौ २२, २०७७ सोमबार ११:३६,

रातो मत्स्येन्द्रनाथको रथ यात्राको क्रममा प्रहरीसँगको झडपपछि पक्राउ परेका थप ७ जना छुटेका छन्।

६ जनालाई कोरोना संक्रमण र अर्का एकजना पनि बिरामी भएकाले सोमबार उनीहरुलाई छाडिएको हो।

उनीहरुलाई कागज गराएर हाजिरी जमानिमा छाडिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी सन्तोष तामाङले बताए।

यसअघि ३ जनालाई सोधपुछपछि छाडिएको थियो।

पक्राउ परेका २० मध्ये १० जना छुटेका छन्।

यीमध्ये १७ जनालाई सार्वजनिक शान्तिविरुद्धको मुद्दा लगाइएको छ। पक्राउ परेका केहीको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी छ।

उनीहरुलाई छाड्न नेवार सामुदायले सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा धर्ना दिएका थिए।

धर्नाका क्रममा पक्राउ परेका सबैलाई निशर्तः छाड्न माग गरिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले नेपालखबरलाई बताए।

‘हामीले सीडीओ, एसएसपीलाई भेटेरै आज अनुरोध गरेका छौं, तर प्रक्रिया पु¥याउनु पर्ने होला, उहाँहरुले मिलाएर गरौंला भन्नु भएको छ’, प्रशासनसँगको छलफलपछि महर्जनले भने ।

गत बिहीबार प्रशासनको अनुमतिबिनै रथ तान्न थालेपछि प्रशासनले त्यसलाई रोक लगाएको थियो। त्यसक्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो। झडपमा चार प्रहरी र केही स्थानीय घाइते भएका थिए।

स्थानीयले एक ट्राफिक जवानलाई निर्घात कुटपिट समेत गरेका थिए। घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको हो।

याे पनि:
कडा सुरक्षाबीच तानियो मत्स्येन्द्रनाथको रथ (भिडियो)
ललितपुर पुलचोकमा रथ तान्ने र प्रहरीबीच झडप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .