ad ad

राजनीति


विवेकशील नेपाली दलमा गाभियाे सहकारी पार्टी नेपाल

विवेकशील नेपाली दलमा गाभियाे सहकारी पार्टी नेपाल

नेपालखबर
भदौ २२, २०७७ सोमबार ९:४४,

सहकारी पार्टी नेपाल विवेकशील नेपाली दलमा गाभिएकाे छ।

सोसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको हो।

‘सम्मिलन सम्झौता पत्र अनुसार एकीकृत दलको नाम विवेकशील नेपाली दल नै रहने र विधान र राजनीतिक दस्तावेज पनि विवेकशील नेपाली दलकै कायम रहने छ,’ विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले बताएका छन्,
‘२०७६ कार्तिकमा विवेकशील नेपाली दलको नीति तथा राष्ट्रिय सम्मेलनबाट निर्वाचित सङ्घीय समिति बिस्तार गर्दै सहकारी पार्टीका केन्द्रीय पदाधिकारीलाई स–सम्मान सम्मिलित गरिने सहमति भएको छ।’

अन्य तहगत नेतृत्वमा क्षमता र योग्यताका आधारमा उचित जिम्मेवारी प्रदान गरिने सम्झौता पत्रमा उल्लेख रहेको उनले बताएका छन्।

२०६९ देखि नेपालमा वैकल्पिक राजनीति स्थापित गर्ने भनी सक्रिय रहेको विवेकशील नेपाली दल र सहकारी आन्दोलनलाई संस्थागत गर्ने र उत्पादनमा केन्द्रित गर्ने नीति तय गर्दै राजनीतिमा सहकारी संस्कृति नारासहित २०७० सालदेखि देखी सक्रिय रहेको सहकारी पार्टी नेपालबीच एकीकरण भएको जनाइएको छ।

विवेकशील पार्टीका अध्यक्ष पाण्डे हुन् भने सहकारी पार्टी नेपालका अध्यक्ष हिरामणि पौडेल हुन्।

यो सम्मिलनसँगै विवेकशील नेपाली दलले मूल्यमान्यता, विचार र राजनीतिक एजेन्डा मिल्ने सम्पूर्ण व्यक्ति, समूह र पार्टीहरूलाई सहकार्य, सम्मिलन र एकताको लागि विवेकशीलकै घोषित नीतिअनुरूप आह्वान गरेको बताएको छ।

रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र विवेकशील दलबीच एकीकरण हुने चर्चा चलिरहेका बेला विवेकशीलले अर्को एक समुहलाई आफूमा गाभेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .