गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न बस्तीमा पहिरो जाँदा २ जनाको ज्यान गएको छ। ६ जना बेपत्ता भएका छन्।
अविरल वर्षापछि सोमबार राति पहिराले घर पुरिँदा चेपिएर मानिसको मृत्यु भएको हो।
गुल्मी जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म २ जनाको शव फेला परेको छ भने ६ जना बेपत्ता छन्। यो सत्यवती गाउँपालिका वडा नम्बर ३, ठूलो लुम्पेकको घटना हो।
यसैगरी सोही गाउँपालिका वडा नम्बर ४ लिंगा भन्ने स्थानमा पनि पहिराले पुर्दा केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ।
तर आधिकारिक पुष्टि नभएकाले यति नै जना हताहती भएको भन्न सकिने अवस्था नरहेको गुल्मी जिल्ला प्रहरीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए।
‘प्रहरीसहितको टोली घटनास्थलतर्फ जाँदै छ,’ प्रहरी निरीक्षक खड्काले फोनमा नेपालखबरसँग भने, ‘विकट क्षेत्र, बाटो भत्किाएकाले टोली पुग्न अझै केही समय लाग्ने देखिन्छ।’
स्थानीयको भनाइअनुसार पहिरामा अरू पनि मानिस परेको आशंका छ।
टोली घटनास्थल पुगेपछि जनधन क्षतिको वास्तविक विवरण प्राप्त हुने प्रहरी निरीक्षक खड्काले बताए।
Shares

प्रतिक्रिया