ad ad

समाज


कोरोना महामारी : अमेरिकापछि विश्वमै सबैभन्दा बढी संक्रमित भारतमा

कोरोना महामारी : अमेरिकापछि विश्वमै सबैभन्दा बढी संक्रमित भारतमा

नेपालखबर
भदौ २२, २०७७ सोमबार ३:३७,

अमेरिकापछि विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित भारतमा देखिएको छ।

ब्राजिलमा भन्दा पनि संक्रमितको संख्या धेरै भएपछि भारत विश्वमै दाेस्राे काेराेनापीडित देश बनेको हो।

आज (सोमबार) बिहान सवा ९ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा संसारमै सबैभन्दा बढी ६४ लाख ६० हजार २ सय ५० जनालाई काेराेना संक्रमण भएकाे छ।

दोस्रोमा भारतमा संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ छ। यसपछि ब्राजिलमा ४१ लख ३७ हजार ६ सय ६ जनालाई कोरोना संक्रमण भइसकेको छ।

कोरोना संक्रमणका कारण भएको मृत्युको संख्या भने अहिलेसम्म भारतमा भन्दा बढी ब्राजिलमा देखिएको छ। वर्ल्डओमिटरका अनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट १ लाख २६ हजार ६ सय ८६ जनाको मृत्यु भएको छ भने भारतमा मृतकको संख्या ७१ हजार ६ सय ८७ छ।

विश्वमै सबैभन्दा बढी मृत्युचाहिँ अमेरिकामा भएकाे छ। त्यहाँ अहिलेसम्म १ लाख ९३ हजार २ सय ५० जनाको मृत्यु भइसकेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .