ad ad

प्रविधि


अन्तरिक्ष यात्रामा चीनको अर्को सफलता : दुई दिन अन्तरिक्षमा रहेर चिनियाँ यान पृथ्वीमा फिर्ता

अन्तरिक्ष यात्रामा चीनको अर्को सफलता : दुई दिन अन्तरिक्षमा रहेर चिनियाँ यान पृथ्वीमा फिर्ता

नेपालखबर
भदौ २२, २०७७ सोमबार ३:५१,

चीनले विकास गरेको पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर सफलतापूर्वक पृथ्वीमा फिर्ता आएको छ।

अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ।

यो यान शुक्रबार जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो । तर गोप्य रुपमा विकास गरिएको यस अभियानका बारेमा विस्तृत विवरण भने चीनले सार्वजनिक गरेको छैन।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार उक्त यान जिक्वान अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक अवतरण गरेर पुनः पृथ्वीमा अवतरण गरेको हो। तर यानको तस्वीर सार्वजनिक गरिएको छैन।

यो सफलतालाई चीनले अन्तरिक्ष यात्रामा एउटा महत्वपूर्ण कोशेढुंगा भनेको छ। चीनले यसअघि सन् २००३ मा पहिलो पटक अन्तरिक्षमा एक व्यक्तिलाई पठाएको थियो। त्यैगरी गत वर्ष चीनले चन्द्रमाको सबैभन्दा टाढाको स्थानमा रोभर रोबोट अवतरण गराएको थियो।

यसअघि संयुक्तराज्य अमेरिका र रसियाले मात्र पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष यान निर्माणमा सफता प्राप्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .