समाज


२१ सयबढी प्रहरी कोरोना संक्रमित, उपत्यकामा मात्रै ६२४ जना

२१ सयबढी प्रहरी कोरोना संक्रमित, उपत्यकामा मात्रै ६२४ जना

नेपालखबर
भदौ २१, २०७७ आइतबार ११:३०,

नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ।

गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने संक्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा संक्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४ संक्रमित भएका छन् । त्यसमध्ये ५५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ सङ्क्रमित रहेको जनाइएको छ । त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, बागमती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा संक्रमण देखिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक कडायतले संक्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए। उनका अनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन्। सबैको अवस्था सामान्य रहेको कडायतको भनाइ छ।

सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कोभिड–१९ संक्रमण बढिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad