कला


भारतीय सांसद सन्जय राउतले ‘हरामखोर लड्की’ भनेपछि रुष्ट कंगनाको यस्तो प्रतिक्रिया..

भारतीय सांसद सन्जय राउतले ‘हरामखोर लड्की’ भनेपछि रुष्ट कंगनाको यस्तो प्रतिक्रिया..

नेपालखबर
भदौ २१, २०७७ आइतबार ११:२२,

कंगनाले मुम्बई प्रहरी र महाराष्ट्रको सत्ताधारी गठबन्धनमाथि गरेको टिप्पणीमा प्रतिक्रिया जनाउँदै शिवसेना पार्टीका सांसद राउतले हालै कंगनालाई हरामखोर भनेका थिए।

हाल तिव्र आलोचना खेपिरहेका राउतले कंगनालाई आफूले माफी माग्न राजी भएको तर उनले मुम्बई प्रहरी र महाराष्ट्सँग माफी माग्नुपर्ने सर्त राखेका छन्।

उनले भनेका छन्,‘कंगनाले महाराष्ट्रसँग माफी मागेमा मैले माफी माग्नेबारे सोच्नेछु। उनले मुम्बईलाई सानो पाकिस्तान भनिन्। के उनले अहेमदाबादलाई त्यस्तै भन्ने हिम्मत राख्छिन्?’

कंगना रणावत भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थक हुन्। हालै अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको घटनापछि आफूलाई मुम्बई असुरक्षित लागेको कंगनाले बताएकी थिइन्।

(भिडियो)

कंगनाले भनेकी थिइन्,‘जब एक स्टार नायक मारिए मैले ड्रग्स र चलचित्र माफियाको बारेमा बोले, म मुम्बई प्रहरीलाई विश्वास गर्दिन किनभने उनीहरुले सुशान्त सिंह राजपुतको उजुरी लिन मानेनन्। सुशान्तले सबैलाई आफूलाई मार्ने धम्की आएको बताएका थिए र उनी मारिए, यदी म असुरक्षित महसुस गर्छु भने म बलिउड र मुम्बईलाई नै घृणा गर्छु।’

कंगनाको यस भनाइसँगै महाराष्ट्रको सत्ताधारी पार्टी शिवसेनाले कंगनालाई मुम्बईमा नआउन आग्रह गर्दै उनले मुम्बई प्रहरीको अपमान गरेको बताएको थियो।

शिवसेनाको यो भनाइसँगै कंगनाले मुम्बई पाकिस्तानको कस्मिरजस्तो भएको बताएकी थिइन्। उनले आफूलाई मुम्बई आउन कसैले रोक्न नसक्ने बताएकी थिइन्।

यसबीचमा सन्जय राउतले कंगनालाई हरामखोर लड्की भनेका थिए। त्यसमाथि अर्का सांसद प्रताप सरानिकले कंगनालाई झापड हान्नुपर्ने प्रतिक्रिया दिएका थिए।

यी चेतावनी बाबजुद पनि कंगनाले आफूले सेप्टेम्बर ९ तारिखमा मुम्बई आउने बताएकी छिन्। उनले चुनौतीपूर्ण भाषामा मुम्बई आउन कसैले रोक्न नसक्ने बताएकी छिन्।

कंगनाले संजय राउतजस्ता सांसदको मानसिकताले गरेर देशमा महिला सुरक्षित नभएको पनि बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad