काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रक्रियाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ।
ठेक्का प्रक्रियाको विरोध गरिरहेको कांग्रेसको भातृ संगठनका नेताहरुले आज माइतीघरमा प्रदर्शन गरेका हुन्। ठेक्का प्रकृयाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन विरोध प्रदर्शन गरेका हुन्।
महामारीको समयमा जनता कोरोनाबाट प्रभावित भइरहेको बेला सरकारले मिलेमतोमा ठेक्का दिएको उनीहरुको आरोप छ। अहिले उपत्यकामा निषेधाज्ञा जारी छ। संक्रमण्को जोखिम दिनदिनै बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञाकै बीचमा कांग्रेसका भातृ संगठनका नेताहरु प्रदर्शनमा उत्रिएका हुन्। १२ जनामात्रै सहभागि भएर सामाजिक दूरी कायम गरी प्रदर्शन गरिएको उनीहरुले बताएका छन्।
रेलमार्गको ठेक्कापट्टा रोकेर छानबिन गर्न लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई उनीहरुले आग्रह गरेका छन्।
प्रदर्शनकै क्रममा प्रहरी आइपुगेपछि उनीहरु तितरवितर भएका थिए।

प्रतिक्रिया