समाज


अमेरिकी डाक्टर भन्छन् : कोरोना महिनौं रहनेछ, नडराइ यसलाई आत्मसात गरौं

अमेरिकी डाक्टर भन्छन् : कोरोना महिनौं रहनेछ, नडराइ यसलाई आत्मसात गरौं

नेपालखबर
भदौ २१, २०७७ आइतबार १०:२३,

अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्डस्थित सरुवा रोग क्लिनिकका प्रमुख डाक्टर फहिम योनसले कोरोना भाइरसबाट डराउनु नपर्ने तर सतर्क हुनु राम्रो हुने सुझाव दिएका छन्।

उनका अनुसार अझै धेरै महिनासम्म कोरोना भाइरस हामीसँग रहनेछ। यो यथार्थलाई स्वीकार्नु पर्ने र यसबाट डराउन नहुने उनको सुझाव छ।

उनी कोभिड १९ बाट त्रसित बनेर जीवनलाई अनायासै अप्ठेरोमा पार्न नहुने बताउँछन्। तथ्यलाई स्वीकार्दै खुशी हुन सिक्नुपर्ने उनको बुझाई छ।

डाक्टर फहिम भन्छन्, ‘गर्मी समयमा कोरोना भाइरसको प्रभाव घट्नेछैन। ब्राजिल र अर्जेन्टिनामा गर्मी छ तर त्यहाँ कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ।’

उनका अनुसार दोहोर्याउँदै हात धुने र १ देखि ८ मिटरसम्म व्यक्ति–व्यक्तिबीचको दुरी कायम गर्ने विधि नै कोरोनाबाट जोगिने उत्तम उपाय हो।

यस्तै घरमा हालसम्म कोरोनाबाट कोही संक्रमित बनेका छैनन् भने घरलाई डिसइन्फेक्ट नगर्दा पनि केही नहुने उनको भनाइ छ।

कोरोना कहरबीच हामी अत्यावश्यक सामग्री लिन बजार जान्छौं। त्यहाँ विभिन्न बस्तुहरु छुन्छौं। बस्तुहरुमा पनि कोरोना भाइरस हुनसक्छ।

यस विषयमा उनी भन्छन्, ‘अहिलेको समयमा कुनैपनि बस्तुलाई छोएपछि हात धुनुपर्छ। हात धोएर हामी सामान्य जीवन बिताउन सक्छौं।’

‘कोरोना भाइरस मानिसको र्‍यालजन्य पदार्थबाट सर्छ, त्यसकारण जोगिनका लागि मास्क लगाउनुपर्छ’, उनी भन्छन्।

भाइरसविरुद्ध २० वर्षदेखि काम गरिरहेका डाक्टर फहिमले कोरोनाबारे फैलिएका अफवाहको बारेमा महत्वपूर्ण जानकारी दिएका छन्।

कोरोना भाइरसलाई धेरै पानी पिएर मार्न सकिने गलत भनाइको पछाडि लागे शौचालय धेरैपटक जाने दुःख मात्र हुने उनी बताउँछन्।

त्यस्तै साउनामा नुहाउँदा पनि कोरोना भाइरस मार्न सकिन्छ भन्ने अफवाह फैलिएको छ। शरीरको कोषमा प्रवेश गरेको कोरोनालाई साउनामा नुहाएर मार्न नसकिने उनी बताउँछन्।

‘कोरोना संक्रमण हुँदा गन्ध थाहा नपाउनु साथै एलर्जी र भाइरल इन्फेक्सनजस्ता लक्षण देखापर्नु विशिष्ट लक्षण हैनन्’ उनी भन्छन्, ‘सरसफाइमा ध्यान दिइएको छ भने घर पुगेर चाँडै लुगा फेरेर नुहाउनै पर्छ भन्ने छैन।’

डाक्टर फहिमका अनुसार कोरोना भाइरस हावामै उडिरहँदैन तर कोरोना संक्रमितसँग नजिकैको सम्पर्कबाट कोरोना सर्छ।

खुला स्थानजस्तै बगैंचा र पार्कमा सफा वातावरण भए हामीले हिँडडुल गर्दा पनि कोरोना नसर्ने उनले बताएका छन्।

‘कोरोना भाइरसले कुनै जाति र धर्मलाई नछुट्याउने भएकाले यसबाट बच्ने उपाय सबैले अबलम्ब गर्नुपर्छ’ उनी भन्छन्।

हात धुनका लागि धेरैले एन्टिब्याक्टेरियल साबुन प्रयोग गर्नुपर्छ भनेका छन्।

यस विषयमा डाक्टर फहिम भन्छन्, ‘सामान्य साबुनले हात धुँदा पनि हामी कोरोनाबाट जोगिन्छौं। कोरोना ब्याक्टेरिया नभएकाले एन्टिब्याक्टेरियल साबुन प्रयोग नगर्दा पनि हुन्छ।’

अर्डर गरिएका खानाबाट कोरोना सर्छ भनेर मानिसहरु डराउँछन्। उनका अनुसार खाना अर्डर गर्दैमा कोरोना सर्दैन। तर यदि तपाईं त्यसलाई तातो बनाउन चाहनु हुन्छ भने तपाईंले माइक्रोवेभमा खाना तताउन सक्नुहुन्छ।

भिनेगर, सोडा, अदुवाजस्ता पदार्थ खाँदा कोरोनाबाट मुक्त हुने चर्चा विश्वभर छ। यस विषयमा डाक्टर फहिमले यी सबै अफवाह भएको बताएका छन्।

साथै पन्जा लगाउँदा कोरोना सर्दैन भन्ने जिज्ञासामा उनी भन्छन्, ‘पन्जाले हामी हाम्रो अनुहार छुन्छौं जसले कोरोना सार्ने जोखिम हुन्छ।’

कोरोनाबाट बच्न दोहो¥याउँदै हात धुनुपर्नेमा उनले जोड दिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad