नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ९८० संक्रमित थपिएको बताए।
आइतबार थपिएका संक्रमितमा २९० महिला ६९० पुरुष रहेका छन्। योसँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ।
नेपालमा आज १० हजार ३८२ पीसीआर परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा १ हजार ८१४ संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको छ।

प्रतिक्रिया