समाज


सिन्धुलीगढी युद्धमा प्रयोग भएको भाले खुँडा भेटियो

सिन्धुलीगढी युद्धमा प्रयोग भएको भाले खुँडा भेटियो

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ४:५९,

सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग भएको भाले खुँडा भेटिएको छ।

युद्धकालीन समयमको उक्त भाले खुँडा सिन्धुलीगढीमा बन्दै गरेको युद्ध संग्रहालयलाई उपलब्ध गराइएको छ।

विसं १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इस्ट इन्डिया कम्पनी आबद्ध अंग्रेज सेनाबीच भएको निर्णायक युद्धमा वंशुधर थापा मगरले प्रयोग गरेको भाले खुँडा साविक भद्रकाली गाविसका पूर्व अध्यक्ष तथा योद्धा वंशुधरका सन्तान हरिबहादुर थापाले युद्ध संग्रहालयलाई हस्तान्तरण गरेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए।

‘हरिबहादुरले हामीलाई घरमै बोलाएर म र बर्दबहादुर गणका गणपति विजय थापामार्फत उहाँले युद्ध सङ्ग्रहालयलाई भाले खुँडा हस्तान्तरण गर्नुभयो’, उनले भने। नेपालले अंग्रेजमाथि विजय प्राप्त प्राप्त गरेको स्थलमा बन्न लागेको युद्ध संग्रहालयमा राख्नका निमित्त उनले हस्तान्तरण गरेको नगरप्रमुख खत्रीले जानकारी दिए।

उनले भने, ‘युद्धकालीन समयमा प्रयोग भएका ऐतिहासिक घरेलु हतियारको खोजी हामीले गरिरहेका छौँ।’ उनले आफ्ना पुर्खाले लडाइँमा लड्दा प्रयोग गरेका पुराना हतियार भए संग्रहालयमा हस्तान्तरण गर्न नगरपालिकामा बसोबास गर्ने नगरबासीमा आग्रह गरे।

कमलामाई–३ मा रहेको ऐतिहासिक महत्वको सिन्धुलीगढीमा युद्ध संगहालयको निर्माणसँगै तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार तथा ऐतिहासिक सामग्रीको खोजी थालिएको हो। रतनचुराको खनियाँखर्कका स्थानीयवासीले पगरी, गैँडे ढाल, पोथी तरबार दिने भएको बताइएको छ। साविकको जलकन्या गाउँ विकास समितिमा पनि त्यस्ता सामग्री हुन सक्ने भन्दै खोजी गर्न थालिएको छ। ऐतिहासिक सामग्री उपलब्ध गराउनेलाई नगरपालिकाले उचित सम्मान गर्ने नगरप्रमुख खत्रीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad