अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ डा. एन्थोनी फाउचीले आउने अक्टोरसम्म कोरोनाविरुद्ध खोप बजारमा आउने सम्भावना एकदम कम भए पनि असम्भव नै भने नदेखिएको बताएका छन्।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका उनले बिहीबार सीएनएनसँगको अन्तर्वार्तामा भने, ‘मलाई लाग्छ, धेरैलाई के विश्वास छ भने नोभेम्बर–डिसेम्बरसम्ममा खोप आउँछ।’
विश्वले चाँडोमा कहिलेसम्म खोप पाउला त भन्ने प्रश्नमा डा. फाउचीले भने, ‘आउने अक्टोबरसम्मम खोप आउने अनुमान गरिएको छ तर यति चाँडै नहाेला कि जस्तो पनि लाग्छ।’ बीबीसी
प्रतिक्रिया