ad ad

समाज


सात प्रहरीसहित गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

सात प्रहरीसहित गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ३:२,

गण्डकी प्रदेशमा सात प्रहरीसहित थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरामा मात्रै १६ संक्रमित थपिएका छन्।

उनले शुक्रबार बिहान जारी गरेकाे विज्ञप्तिअनुसार पोखरामा थपिएका १६ संक्रमितमध्ये पोखरा-१५ मा कार्यरत नेपाल प्रहरीका ७ जना छन्।

त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक-एक तथा नवलपरासीमा १७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

थपिएका समेत गरेर गण्डकी प्रदेशमा संक्रमितको कूल संख्या २३ सय ५२ पुगेको छ।

विस्तृत विवरण तलकाे विज्ञप्तिमा-

ganbi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .