ad ad

छापा खबर


१ असोजबाट लामो दूरीका सवारी साधन सञ्चालन होला? सरकार र व्यवसायी यसो भन्छन्

१ असोजबाट लामो दूरीका सवारी साधन सञ्चालन होला? सरकार र व्यवसायी यसो भन्छन्

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार २:३७,

आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन्।

स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका खबर आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन्।

कोभिड-१९ सङ्क्रमित दैनिक बढ्दै गएकाले यसै भन्न सक्ने अवस्था नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। यातायात व्यवस्था विभागले पनि कोरोना प्रभावको हालको अवस्था हेर्दा सञ्चालन हुनसक्छ नै भन्न नसकिने जनाएको छ।

विभागमा महानिर्देशक गोगनबहादुर हमालले भने, ‘अहिले विभाग पनि पूर्ण आइसोलेसनमा छ । असोज १ बाट खुला गर्ने त भनिएको छ । कोरोनाको प्रभाव बढ्दै गयो भने त के खुल्ला र?’

तर यातायात व्यवसायीले भने सरकार गम्भीर नभएको आरोप लगाएका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर ले भने, ‘पहिला पनि सञ्चालन गर्ने भनेर दुईपटक सम्म सरकारले भनेको हो। हामीले गाडी मर्मत गरेर तयारी गरेकै हो तर सञ्चालन भएन । अहिले पनि सञ्चालन हुन्छ भन्ने के ग्यारेन्टी? यसरी पटकपटक गाडी मर्मत गर्दै थन्काउँदै गर्नसक्ने अवस्थामा हामी छैनौँ।’

करिब छ महिना बन्द भएका लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनलाई सरकारले अहिलेसम्म कुनै राहत नदिएको व्यवासायीले गुनासो गरेका छन्।

सार्वजनिक यातायातलाई पहिला अति प्रभावित क्षेत्रमा राखिएको तर पछि मध्यम प्रभावितमा राखेर राहत तथा सुविधाबाट वञ्चित गर्न खोजिएको व्यवसायीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .