काठमाडौं महानगरपालिकाभित्र मात्रै ३१ सय आठ संक्रमित रहेको महानगरपालिका कार्यालयले जनाएको छ।
महानगरको शहरी स्वास्थ्य महाशाखाका अनुसार १५ देखि १७ गतेसम्ममात्रै ४०१ जना संक्रमित महानगरमा थपिएका छन।
महानगरभित्र ९३५ जना होम आइसोलेसनमा रहेका छन। यस्तै ८४१ जना संक्रमित अस्पतालमा उपचार गराईरहेका छन।
महानगरमा संक्रिय संक्रमित भने १७७६ जना छन भने प्रष्ट ठेगाना नखुलेका ५०६ संक्रमित छन। ८०७ जना निको भइसकेका छन।
हालसम्म महानगरमामात्रै १९ जनाले ज्यान गुमाइसकेँ।

प्रतिक्रिया