समाज


निषेधाज्ञा भइरहँदा पनि कोरोना संक्रमण किन बढिरहेको छ? विज्ञ भन्छन् : यी हुन् ११ कारण

निषेधाज्ञा भइरहँदा पनि कोरोना संक्रमण किन बढिरहेको छ? विज्ञ भन्छन् : यी हुन् ११ कारण

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १३:४४,

निषेधाज्ञा जारी रहे पनि मुलुकभर कोरोना संक्रमित थपिने क्रम घटेको छैन, बरु दिनप्रतिदिन बढ्दो छ।

आजै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर थप १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ। तीमध्ये काठमाडौं उपत्यकाका मात्रै ४४५ संक्रमित रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आखिर निषेधाज्ञा लागू गरिरहँदा पनि संक्रमण किन घटिरहेको छैन ? 

यस विषयमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले ११ कारण औंल्याएका छन् भने कोरोना संक्रमण नियन्त्रणका लागि १५ उपाय प्रस्तावसमेत गरेका छन्।

बुधबार आफ्नो फेसबुकमार्फत डा. पाण्डेले औंल्याएका कारण र नियन्त्रणका लागि दिएका सुझाव यस्ता छन् :

संक्रमण बढिरहनाका ११ कारण

१‍. निषेधाज्ञाको माइक्रो म्यानेजमेन्ट नभएकाले

. मुख्य सडक सुनसान बनाइएको तर भित्री बस्ती र गल्लीमा कडाइ नगरेकाले  

. तरकारी बजार, डिपार्टमेन्टल स्टोरजस्ता भीड हुने ठाउँ खोलेकाले 

. पुलिङ मेथडबाट संवेदनशील स्थानमा मास टेस्टिङ नगरकाले

. जनचेतनाका प्रभावकारी विज्ञापन, टेलिफ्लिम, कार्यक्रम (विभिन्न मातृभाषामा सहित) निर्माण नगरेकाले  

. नागरिक परिचालन नगरेकाले

. न्यून आय भएका नागरिकलाई राहत नदिँदा जोखिम मोल्न बाध्य भएकाले

. विज्ञको सुझावअनुसार अल्पकालीन र दीर्घकालीन रणनीति नबनाएकाले

. भारतसँगका सीमामा सुरक्षाकर्मी र स्थानीय नागरिकको संयुक्त गस्तीबाट नियन्त्रण नगरेकाले

१०. अन्तरप्रदेश तथा अन्तरजिल्ला आवागमनको नियमन नगरेकाले

११. भारतीय मजदुर, संक्रमित जिल्लाबाट आएका व्यक्ति, सुकुमवासी बस्ती, तरकारी बजार, चोकका पसल, वधशाला, साँगुरा गल्लीभित्रका व्यवसायी, फोहोर तथा कबाड संकलन गर्ने व्यक्ति, सफाइकर्मी आदिमा खोजीखोजी परीक्षण नगरेकाले

संक्रमण नियन्त्रणका १५ उपाय

. लकडाउन तथा निषेधाज्ञाले दैनिक काम गरेर खाने वर्गलाई ठूलो समस्या परेको छ। तसर्थ निषेधाज्ञा हटाउने

. सडक, बस्ती, गल्ली, बजार सबैतिर मास्क लगाउने, व्यक्तिगत दूरी कायम गर्ने, भीडभाड नगर्नेजस्ता अभ्यास गरे/नगरेको नियमित अनुगमन तथा निगरानी गर्ने, मापदण्ड पालना नगर्नेलाई जरिवानाको व्यवस्था गर्ने, सुरक्षाकर्मी तथा सीसीटीभीबाट हरेक टोलको भीडभाड अनुगमन गर्ने  

. मास्क र दूरीबिना कुनै सेवा उपलब्ध नगराउने, ९० प्रतिशतभन्दा धेरैले मास्क लगाउने तथा दूरी कायम गर्ने वातावरण तयार गर्ने  

. प्रत्येक वडा, क्लब, टोल सुधार समिति, महिला समूह, एनजीओ, विभिन्न पार्टीका भ्रातृ संस्था आदिलाई परिचालन गरेर घरघरमा मास्क, साबुन, विपन्नलाई राहत तथा जनचेतनाका सामग्री वितरण गर्ने, शंकास्पद व्यक्तिलाई खोजीखोजी परीक्षण गर्ने  

. पुलिङ मेथडबाट दैनिक १ लाख जनाको कोरोना परीक्षण गर्ने  

. सार्वजनिक यातायातमा लामा र धेरै क्षमता भएका बस मापदण्ड पूरा गरेर सञ्चालन गर्ने, माइक्रोबसलाई एम्बुलेन्स र टेम्पुलाई अन्य सामग्री बोक्न प्रयोग गर्ने

. व्यक्तिगत सवारी जोरबिजोर चलाउने  

. सिटामोल, जीवनजल जस्तै मास्क, स्यानिटाइजर र साबुनलाई हरेक स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउने

. कोरोना फ्रि वडारपालिका बनाउने अभियान सुरु गर्ने  

१०. सञ्चारमाध्यम तथा सामाजिक सञ्जाललाई कोरोना रोकथामका उपाय, सकारात्मक विचार तथा वैज्ञानिक विचार प्रसारण र प्रकाशन गर्ने वातावरण सिर्जना गर्ने,  जुनसुकै कोणबाट आतंक फैलाउने गतिविधिलाई निरुत्साहित गर्ने  

११. पूर्ववत् पेसाबाट विस्थापित भएका, बेरोजगार तथा नोक्सानमा परेका समूहलाई नयाँ रोजगारीको क्षेत्र (उत्पादन, वितरण आदिमा) पुनर्स्थापित गर्न सरकारले सहजीकरण गर्ने  

१२. भीडभाड हुने क्षेत्र नखोल्ने  

१३. समूहमा बस्ने तथा काम गर्ने समूह (सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, सञ्चारकर्मी तथा होस्टेलमा बस्ने) सबैलाई अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अपनाउन लगाउने

१४. स्वतन्त्र विज्ञको समिति गठन गरेर हरेक सञ्चारमाध्यमबाट कोरोना संक्रमणबारे समान धारणा नियमित रूपमा प्रसारणरप्रकाशन गर्ने  

१५. मनोपरामर्श सेवा प्रभावकारी बनाउने  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad