समाज


बिवाह गर्न लागेको आरोपमा दाजु बहिनी पक्राउ

बिवाह गर्न लागेको आरोपमा दाजु बहिनी पक्राउ

नेपालखबर
भदौ १७, २०७७ बुधबार १५:१७,

सोलुखुम्बुमा आफ्नै दाजु बहिनीले बिबाह गर्न लागेको भन्दै प्रहरीले पक्राउ गरेको छ। बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

आफ्नै छोराछोरीले बिबाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको बताएका छन्। उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै यौन सम्पर्क गरेको बताएका छन्।

उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याईंदैछ। अहिले दुवै जनालाई पक्राउ गरेको र हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीको तयारी छ। यसअघि स्थानीय स्तरमा समेत छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad