सरकारले वैदेशिक रोजगारीका लागि सबै खालका श्रम स्वीकृति खुल्ला गरेको छ। बुधबार वैदेशिक रोजगार विभागले श्रम स्वीकृति खुल्ला गरेको जानकारी गराएको हो।
तर श्रम स्वीकृति लिनका लागि शर्त राखिएको छ। २०७६ फागुन २९ गते पहिले मागपत्र प्रमाणित भएर पूर्व स्वीकृति लिएकाको हकमा अन्तिम स्वीकृति लिनका लागि विदेशका रोजगारदाताको नो अब्जेक्सन प्रमाण पत्र आवश्यक पर्नेछ। यस्तो प्रमाण पत्र हालै जारी भएको र सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट प्रमाणित गराएर पेश गर्नु पर्नेछ।
यस्तै पूर्व स्वीकृति लिने प्रक्रियामा रहेका र नयाँ माग पत्रको हकमा नो अब्जेक्सन प्रमाण पत्र पेश गर्नु पर्नेछ। नयाँ व्यक्तिगत श्रम स्वीकृति लिनका लागि रोजगारदाता कम्पनीले आधिकारिक इमेलबाट हालै जारी भएको नो अब्जेक्सन लेटर वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनु पर्नेछ।
सरकारले गएको फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा श्रम स्वीकृति दिन बन्द गरेको थियो। पुनः श्रम स्वीकृति भने यस अघिनै खुलिसकेको छ।
प्रतिक्रिया