समाज


हङकङ आईडीको निहुँमा आफन्तको हत्या गर्ने कुमार २० वर्षपछि पक्राउ

हङकङ आईडीको निहुँमा आफन्तको हत्या गर्ने कुमार २० वर्षपछि पक्राउ

नेपालखबर
साउन ६, २०७६ सोमबार ११:३३,

हङकङ आईडीका विषयमा विवाद हुँदा आफन्तकै हत्या गरी फरार रहेका एक व्यक्तिलाई कास्की प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।

कास्कीको घान्द्रुक (हाल अन्नपूर्ण गाउँपालिका–११)का ३१ वर्षीय मनबहादुर गुरुङको हत्या आरोपमा प्रहरीले सोही ठाउँका कुमार गुरुङलाई आइतबार पक्राउ गरेको हो।

 कुमारले २० वर्षअघि अर्थात २०५६ साल माघ ४ गते साँझ साढे ६ बजेतिर मनप्रसादमाथि खुकुरी हानेका थिए। खुकुरी प्रहारबाट घाइते मनप्रसादको भोलिपल्ट बिहान १० बजेतिर मृत्यु भएको थियो। घटनापछि कुमार फरार थिए।

घान्द्रुकबाट भागेपछि उनी दुई वर्षजति म्याग्दीमा लुकेर बसेको र त्यहाँ उनले कर्मी काम गरे बताएका छन्। त्यसपछि म्याग्दीबाटै भारततर्फ लागेर र उनले त्यहाँ लामो समय उतै बिताए। १४ वर्ष भारत बसेपछि उनी आफ्नो पिताको मृत्युको बेला गाउँमा आएका थिए।

गाउँमा आएर पिता धनकाजी गुरुङको काजकिरिया (अर्घु) गरी फर्केका थिए। स्रोतका अनुसार घटनाको लामो समय भएको र एउटै खलकभित्रको घटना भएकोले उनीविरुद्ध उजुरी नगर्ने सहमतिजस्तो बनेको थियो। कुमार पछिल्लो समय कास्कीकै विभिन्न गाउँमा बस्दै आएका थिए।

मृतक मनबहादुरले त्यो बेला आफूलाई ‘बाबुको आईडी बेचेर खाइस्’ भन्नेजस्तो गरी घोचपेच गरेपछि झगडा परेको कुमारले प्रहरीसमक्ष बयान दिएका छन्। त्यो बेला हङकङ आइडीको खुबै चर्चा थियो।

कुमार नेपालमै भएको सुइँको पाएदेखि नै प्रहरीले उनको खोजी गरेको थियो। पछि गोप्य सूचनाको आधारमा उनी पक्राउ परेको कास्की प्रहरीका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए। ‘यस्तो घटनामा लामो समय बित्दा पीडितले बिर्सन सक्छ तर फौजदारी र कर्तव्य ज्यान मुद्दाका आरोपीलाई कानूनले बिर्संदैन’, डीएसपी केसीले भने, ‘कुमारउपर हामीले हिरासतमा राखेर थप अनुसन्धान गर्दैछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .